सर्लाहीमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

हिमाल प्रेस २० पुष २०८० १७:२८
102
SHARES
सर्लाहीमा झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँ- सर्लाहीमा अस्पताल निर्माणको विषयमा विवाद हुँदा गोली चलेको छ। जिल्लाको बरहथवा नगरपालिकामा बन्न लागेको ५० शैय्याको अस्पताल निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको हो। प्रहरीको गोली लागेर घाइते भएका बरहथवा-६ का जयशंकर साहको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयले अस्पतालको विषयलाई लिएर नगरप्रमुख कल्पना कटुवालको घरमा आगजनी गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। गोली साहको टाउकोमा लागेको थियो। मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार प्रदर्शनमा उत्रिएका स्थानीयले मेयरको घरअगाडि राखिएको गाडी भने आगजनी गरेका छन्।

प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ। अहिले पनि सर्लाहीको अवस्था तनावग्रस्त छ।

प्रकाशित: २० पुष २०८० १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =