सर्लाहीका आत्मदाह प्रयास युवकको कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुँदै

हिमाल प्रेस २७ असार २०८३ ८:५७ | Saturday, July 11, 2026
सर्लाहीका आत्मदाह प्रयास युवकको कीर्तिपुरको बर्न अस्पतालमा उपचार हुँदै

काठमाडौँ- सर्लाहीमा आत्मदाह प्रयास गरेका युवकलाई काठमाडौँ ल्याएर उपचार जारी रहेको छ। गोडैता नगरपालिका–१० का विवेक मण्डलले शुक्रबार पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए ।

३५ वर्षीय मण्डललाई तत्कालै सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार मण्डलको कीर्तिपुर स्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

मण्डललाई मानसिक समस्या रहेको आफन्तहरूले प्रहरीलाई बताएका छन्।

प्रकाशित: २७ असार २०८३ ८:५७ | Saturday, July 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast