सर्लाहीबाट ६६० केजी गाँजा बरामद, २ व्यक्ति पक्राउ

हिमाल प्रेस ४ भदौ २०८३ ८:१३ | Thursday, August 20, 2026
सर्लाहीबाट ६६० केजी गाँजा बरामद, २ व्यक्ति पक्राउ

काठमाडौँ- सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–१४ स्थित डाइनीखोलाबाट ६६० केजी गाँजा प्रहरीले बरामद गरेको छ । बुधबार ब्यूरोको बर्दिबास शाखाबाट खटिएको टोलीले डाइनीखोला स्थित दुई ठाउँमा लुकाएर राखेको गाँजा बरामद गरेको हो ।

गाँजा लुकाएर राख्ने दुईजनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका डीएसपी जिवन निरौलाले जानकारी दिए । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४ घर भएका ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङ छन् ।

नर बहादुरले २६ वटा बोरामा प्याक गरेर ५६० केजी गाँजा लुकाएर राखेका थिए । जेसुन मायाले गोठमा लुकाएर राखेको अवस्थामा १ सय केजी गाँजा बरामद गरिएको डीएसपी निरौलाले जानकारी दिए । आरोपीहरूमाथि थप अनुसन्धानको लागी ब्युरोले इलाका प्रहरी कार्यालय लालबन्दीमा बुझाएको छ ।

प्रकाशित: ४ भदौ २०८३ ८:१३ | Thursday, August 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast