ओली छलफलमा जुटेकै बेला एमाले सांसदले गरे राष्ट्रियसभा अवरुद्ध

हिमाल प्रेस २२ साउन २०८० १३:२९
4
SHARES
ओली छलफलमा जुटेकै बेला एमाले सांसदले गरे राष्ट्रियसभा अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। आज सोमबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसदहरूले रोष्ट्रमबाट उठेर बैठक अवरुद्ध गरेका हुन्।

त्यसपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद दिलकुमारी रावल पार्वतीलाई बोल्न समय दिएका थिए।

उनले उच्च स्तरीय छानविन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने बताए।

रावलले उच्चास्तरिय छानविन समिति गठन नभएसम्म संसद् निरन्तर रूपमा अवरुद्व रहने बताए।

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ।

राष्ट्रियसभाको अर्को बैठक साउन २४ गते १: ०१ बजे बस्ने गरी स्थगित भएको छ।

प्रकाशित: २२ साउन २०८० १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 11 =