गण्डकीका केही स्थानमा चट्याङसहित वर्षा हुने, पूर्वी तराई क्षेत्रमा हावा हुरीको सम्भावना

हिमाल प्रेस १८ साउन २०८० ६:२१
8
SHARES
गण्डकीका केही स्थानमा चट्याङसहित वर्षा हुने, पूर्वी तराई क्षेत्रमा हावा हुरीको सम्भावना फाइल तस्बिर।

काठमाडौँ– नेपालमा मनसुनी वायुको प्रभावका साथै झारखण्ड आसपास रहेको वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान साथै लुम्बिनी र मधेश प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

कोशी प्रदेशको तराई भू-भाग र मधेश प्रदेशका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

प्रकाशित: १८ साउन २०८० ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =