यस्तो छ आजको मौसम

हिमाल प्रेस १८ वैशाख २०८१ ६:३४
4
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ।

कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्यांगसहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानमा दिउँसो हावाहुरीको सम्भावना छ।

आज राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोछ।

लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थान र बाँकी भूभागको थोरै स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: १८ वैशाख २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =