माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति?

हिमाल प्रेस १७ साउन २०८० १२:११
12
SHARES
माछापुच्छ्रे बैंकको नाफा १० प्रतिशत बढ्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडौँ– माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अघिल्लो आव २०७८/७९ को तुलनामा आर्थिक वर्ष ०७९/८० को चौथो त्रैमासिकमा बैंकको नाफा ९.७५ प्रतिशतले बढेको छ। चौथो त्रैमासिकमा बैंकको नाफा १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

बैंकले खुद ब्याज आम्दानी १०.४३ प्रतिशतले बढेर ५ अर्ब ३८ करोड पुगेको विवरण सार्वजनिक गरेको छ।

आव ०७८/७९ को चौथो त्रैमासिसम्म खुद ब्याज आम्दानी ४ अर्ब ८७ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन नाफा पनि ९.९१ प्रतिशतले बढ्दै २ अर्ब ६९ करोड रुपैयाँ भएको छ।

नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि ९.७५ प्रतिशतले वृद्धि भएको छ।

आव ०७८/७९ मा माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १६.४४ रुपैयाँ थियो। गत आवमा बढेर १८.०५ रुपैयाँ पुगेको छ।

बैंकको प्रतिवेदनअनुसार वितरणयोग्य नाफा १ अर्ब ५६ करोड छ। जसको आधारमा प्रतिसेयर वितरणयोग्य नाफा भने १५.२९ रुपैयाँ हुनेछ।

आव २०७८/७९ मा १.०४ प्रतिशत रहेको खराब कर्जा गत आवमा बढेर २.१२ प्रतिशत पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =