विद्युत् प्राधिकरणले ३ महिनामै कमायो साढे ८ अर्ब

हिमाल प्रेस १५ मंसिर २०७९ १४:०९
6
SHARES
विद्युत् प्राधिकरणले ३ महिनामै कमायो साढे ८ अर्ब

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा ८ अर्ब ५० करोड रुपैयाँ आम्दानी गरेको छ।

साउनदेखि असोजसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार, प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड कुल आम्दानी गरेको छ। यसबाट २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड नाफा कमाएको छ।

प्राधिकरणले तीन महिनाको अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँ बराबरको विद्युत् खरिद गरेको छ। आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ प्राधिकरणलाई आम्दानी भएको छ।

देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय बजारमा बिक्री गरी प्राधिकरणले ६ अर्ब १७ करोड रुपैयाँ कमाएको छ।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ।

आव २०७६/७७ मा ११ अर्ब ७५ करोड पुगेको प्राधिकरणको नाफा २०७७/७८ मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो।

गत आव २०७८/७९ मा प्राधिकरणको नाफा १६ अर्ब १६ करोड पुगेको थियो।

प्रकाशित: १५ मंसिर २०७९ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − ten =