पूर्वाधार विकासमा सघाउन वित्त निगमलाई अध्यक्ष ढकालको आग्रह

हिमाल प्रेस १६ साउन २०८० १६:३७
6
SHARES
पूर्वाधार विकासमा सघाउन वित्त निगमलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्वाधार विकासमा सहयोग गर्न अन्तर्राष्ट्रिय वित्त निगमलाई आग्रह गरेका छन्। महासंघ पदाधिकारी र वित्त निगमका उपाध्यक्ष सुसन लनबीच मंगलबार भएको भेटमा आर्थिक मन्दिबाट उकास्न निगमको सहयोग ढकालले बताएका हुन्।

कोभिडपछिको तीव्र विस्तार भएको अर्थतन्त्रको व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको र निजी क्षेत्र संकुचित हुँदा सरकारसमेत मर्कामा परेको ढकालले बताए। उनले भने, ‘यसबाट माथि उक्लिन साना तथा मझौला उद्यमको विकास, पर्यटन, पूर्वाधारलगायत क्षेत्रमा लगानी प्रवद्र्धन आवश्यक छ। यसमा निगमको साथ र सहयोग चाहिन्छ।’

निजी क्षेत्रले खुलेर काम गर्न नसक्दा राजस्व करिब १३ प्रतिशतले घटेको र चर्को मूल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको उनको भनाइ छ। नेपालको तीन दिने भ्रमणमा रहेकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रवद्र्धनका लागि महासंघसँग सहकार्य गर्न आफू तयार रहेको बताएकी छन्।

महासंघले साना उद्यमीका लागि सुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्त्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो। लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवद्र्धनलगायत विषयको नेतृत्व गर्दै आएकी छन्।

प्रकाशित: १६ साउन २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =