उद्योगी र प्राधिकरणबीचको विवाद सरकारले समाधान गर्नुपर्छ : चन्द्र ढकाल

हिमाल प्रेस २२ पुष २०८० १२:३३
4
SHARES
उद्योगी र प्राधिकरणबीचको विवाद सरकारले समाधान गर्नुपर्छ : चन्द्र ढकाल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी, व्यवसायी र विद्युत् प्राधिकरणबीचको विवाद सरकारले समाधान गर्नुपर्ने बताएका छन्।

उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा सम्बोधन गर्दै ढकालले दुई पक्षबीचको समाधानमा सरकारले विशेष प्रयास लिँदा सहज हुने धारणा राखेका हुन्।

उनले भने, ‘उद्योग रोजगारी र राजस्वलगायत विषयसँग सम्बन्धित रहेको भएकाले काटिएको विद्युत् जोडेर वार्ता सुरू गर्न सरकारलाई आग्रह गर्दछु।’

ढकालले लगानी सम्मेलनको मुखमा उद्योग बन्द गर्दा नकारात्मक सन्देश जाने बताउँदै यसको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय आयोग अथवा संयन्त्र जरुरी हुने बताए।

ढकालले भने, ‘सरकार र निजी क्षेत्रबीचको सहकार्य र एकताले मात्र अर्थतन्त्रलाइ पुरानो लयमा लैजान सकिन्छ।’

प्रकाशित: २२ पुष २०८० १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =