प्रधानमन्त्रीकाे राजीनामा माग्दै बंगलादेशमा व्यापक प्रदर्शन

हिमाल प्रेस १३ साउन २०८० १४:४९
12
SHARES
प्रधानमन्त्रीकाे राजीनामा माग्दै बंगलादेशमा व्यापक प्रदर्शन बंगलादेशकाे राजधानी ढाकामा प्रदर्शनकारीले शनिबार जलाएकाे बस। तस्बिर : ढाका ट्रिब्युन

ढाका- बंगलादेशको राजधानी ढाकामा विशाल विरोधप्रदर्शन गरिएकाे छ। परिस्थितिलाई नियन्त्रणमा लिन र शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ। राजधानीका मुख्य सडकमा उत्रेका प्रदर्शनकारीले धानमन्त्रीको राजीनामा माग्दै यातायात ठप्प पारेका छन्। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। प्रहरीले आफूहरूमाथि ढुंगामुढा भएपछि भीडलाई तितरबितर गर्न रबरको गोली र अश्रुग्यास प्रहार गरेको छ।

विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र उसका सहयोगीहरूले गत वर्षदेखि शेख हसिनाको राजीनामा र आगामी जनवरीमा हुने निर्वाचनसम्म कामचलाउ सरकार गठन हुनुपर्ने माग गर्दै शृंखलाबद्ध विरोध प्रदर्शन गरिरहेका छन्।

सहरका प्रमुख नाकाहरूमा सवारी आवागमन अवरुद्ध गर्न शनिबार बिहान भेला भएका हजारौँलाई हटाउन प्रहरी लागेपछि धेरै स्थानहरूमा दोहोरो झडप भएकाे छ। केही प्रहरी अधिकारी घाइते भएका ढाका महानगरीय प्रहरीका प्रवक्ता फारुक अहमदले एएफपीलाई बताएका छन्। उनले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र रबरका गोली प्रहार गरिएको बताएका छन्। ढाका सहर वरपरका चार स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। रासस /एएफपी

प्रकाशित: १३ साउन २०८० १४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =