नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी बर्खास्त

हिमाल प्रेस ९ साउन २०८० १९:३३
456
SHARES
नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी बर्खास्त

काठमाडौँ- नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी बर्खास्तीमा परेका छन्। ३५ तोला सुन प्रकरणमा जोडिएका केसीमाथि प्रहरीले आन्तरिक अनुसन्धान गर्दा दोषी देखेपछि गृहमन्त्रालयलाई बर्खास्तका लागि १५ दिनअघि सिफारिस गरेको थियो।

‘उहाँलाई गृहले प्रहरी सेवाबाट हटाएको छ,’ प्रहरी प्रवक्ता कुवेर कडायतले हिमालप्रेससँग भने,’ प्रहरी प्रधान कार्यालयको रायअनुसार गृहले सेवाबाट हटाएको जानकारी दिएको छ। अब उहाँ प्रहरी सेवामा हुनुहुन्न। उहाँलाई यो निर्णय चित्त नबुझे अदालत जान सक्नुहुन्छ।’

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो। गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको ३५ तोला सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गरी घर खानतलासी गर्दा सुन फेला परेको थियो।

प्रहरीले गत पुस ११ गते केसीको कोठामा छानबिन गर्दा ३५ तोला सुन र १८ लाख रुपैयाँको चेक बरामद गरेको थियो। व्यापारीले डीएसपी केसीलाई २५ लाख रुपैयाँ बुझाएर उक्त सुन फिर्ता लिन खोजेका थिए। यहीबीचमा केसीको सरुवा पनि निस्केको थियो। उनको कास्की सरुवा भएको थियो। प्रहरीले उनलाई निलम्बनमा राखेर अनुसन्धान गरेको थियो। प्रहरी नियमावली २०७१ विपरीत काम गरेको पाइएपछि उनलाई बर्खास्त गर्नुपर्ने प्रहरी अनुसन्धान अधिकृतहरूको दाबी थियो।

३५ तोला सुन प्रकरण : डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस

सुन प्रकरणमा मुछिएर निलम्बनमा परेका डीएसपी ठगबहादुरमाथि के कारबाही हुन्छ?

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

प्रकाशित: ९ साउन २०८० १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 2 =