३५ तोला सुन प्रकरण : डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस

हिमाल प्रेस ८ साउन २०८० १३:५५
510
SHARES
३५ तोला सुन प्रकरण : डीएसपी ठगबहादुरलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीलाई बर्खास्तीको तयारी गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख हुँदा केसीले सुन व्यापारीहरूसँग रकम असुली गरेको सूचनापछि केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उनलाई पक्राउ गरेको थियो।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको ३५ तोला सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन सुरू गरेको थियो।

अहिले प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गर्न गृहमन्त्रालयमा सिफारिस गरेको हो। प्रहरीले आन्तरिक छानबिनमा केसीलाई दोषी ठहर गरेको छ। प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्तको रायसहित गृहमा पत्र पठाएको हो।

‘प्रहरीको आन्तरिक छानबिन सकेर गृहमन्त्रालयलाई बर्खास्तको लागि परिपत्र गरिएको छ,’प्रहरीका कडायतले भने, ‘सेवाबाट हटाउनुपर्ने रायसहित पठाइएको छ।’

प्रहरीले गत पुस ११ गते केसीको कोठामा छानबिन गर्दा ३५ तोला सुन र १८ लाख रुपैयाँको चेक बरामद गरेको थियो। व्यापारीले डीएसपी केसीलाई २५ लाख रुपैयाँ बुझाएर उक्त सुन फिर्ता लिन खोजेका थिए।

यहीबीचमा केसीको सरुवा पनि निस्केको थियो। उनको कास्की सरुवा भएको थियो। प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई गृहमन्त्रालयले निलम्बन पनि गरेर अनुसन्धान अघि बढाएको थियो। प्रहरी नियमावली २०७१ विपरीत काम गरेको पाइएपछि उनलाई बर्खास्त गर्नुपर्ने प्रहरी अनुसन्धान अधिकृतहरूको दाबी छ।

गृहले अहिलेसम्म केसीलाई बर्खास्त भने गरिसकेको छैन। प्रहरीले एक हप्ता अघि नै बर्खास्तको लागि सिफारिस गरेको थियो।

सुन प्रकरणमा मुछिएर निलम्बनमा परेका डीएसपी ठगबहादुरमाथि के कारबाही हुन्छ?

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

 

प्रकाशित: ८ साउन २०८० १३:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =