कृषि र शिक्षा सुधारका लागि ईयूको २ अर्ब ४७ करोड सहयोग

हिमाल प्रेस १ साउन २०८० १७:३९
8
SHARES
कृषि र शिक्षा सुधारका लागि ईयूको २ अर्ब ४७ करोड सहयोग

काठमाडौँ– कृषि उत्पादन बढाउन र शिक्षा सुधारका लागि युरोपियन युनियन (ईयू) ले २ अर्ब ४७ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ। ईयूले कृषि र ग्रामीण विकासका लागि १२ मिलियन युरो (करिब १ अर्ब ७७ करोड ६० लाख रुपैयाँ) र ४.७ मिलियन युरो (६९ करोड ५६ लाख रुपैयाँ) अनुदान सहयोग गरेको हो।

सन् २०१९ यता मात्रै कृषि तथा ग्रामीण विकासका लागि ईयुले ५ अर्ब रुपैयाँ अनुदान सहयोग गरेको छ। विद्यालय शिक्षा सुधारका लागि २०१६ यता ११ अर्ब ३ करोड खर्चेको ईयुले जानकारी दिएको छ।

ईयूले सन् २०१५ देखि कृषि तथा ग्रामीण विकास र सन् २०१६ देखि विद्यालय शिक्षा सुधारका क्षेत्रमा सघाउँदै आएको छ। नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेज नेपालको बहुसंख्यक जनसंख्या आबद्ध भएको कृषि र शिक्षा तथा ग्रामीण विकासमा सघाउन पाउँदा खुसी लागेको बताउँछिन्।

‘नेपाललाई आवश्यक परेको क्षेत्रमा प्रत्यक्ष सघाउन पाउँदा खुसी छौँ,’ उनी भन्छिन्, ‘यसले नेपाली समुदायको उत्थान र आयआर्जन वृद्धिमा पक्कै सघाइरहेको मेरो विश्वास छ।’

प्रकाशित: १ साउन २०८० १७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =