‘सुनचाँदी व्यवसाय काठमाडौँको मौलिक पहिचान हो’

हिमाल प्रेस ३१ असार २०८० १८:०९
20
SHARES
‘सुनचाँदी व्यवसाय काठमाडौँको मौलिक पहिचान हो’

काठमाडौँ- ‘सुनचाँदी व्यवसाय’ व्यवसायमात्रै नभएर काठमाडौँको मौलिक पेसा र पहिचान भएको सरोकारवालाले बताएका छन्। काठमाडौँमा सुनचाँदी व्यवसायी संघले आयोजना गरेको तालिमको आइतबारको कार्यक्रममा सरोकारवालाले उक्त धारणा राखेका हुन्।

संघले व्यवसायीलाई १० दिने तालिम दिएको हो। संघले मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहार, विभिन्न गहनामा पोते, क्रिष्टल र मोतिमाला बुन्ने तालिम दिएको थियो। सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथि काठमाडौँ महानगरपालिककी उपप्रमुख सुनिता डंगोलले पनि सुनचाँदी व्यवसाय काठमाडौँको मौलिक पेस र पहिचान भएको बताइन्।

‘वडा वडामा विभिन्न तालिम दिने क्रममा बजारमा केको महत्व छ, केको माग धेरै छ? त्यसैलाई ध्यानमा राखेर तालिम दिन सक्यो भने त्यसबाट अझ धेरै फाइदा लिन सकिन्छ,’ डंगोलले भनिन्।
काठमाडौँ महानगरपालिकाले दिने धेरै जसो तालिमहरू सीपमूलक, आयमूलक, रोजगारीमूलक सँगसँगै काठमाडौँको मौलिकतासँग पनि जोडियोस् भन्ने उद्देश्य रहेको उनले बताइन्।

त्यो उद्देश्य पूरा गर्न पनि आगामी दिनहरूमा काठमाडौँ महानगरपालिकाले सुनचाँदी व्यवसायी संघसँग सहकार्य गरेर जाने उनको भनाइ थियो। सुनचाँदी भनेको व्यवसाय मात्र नभएर यहाँका नेवारहरूको मौलिक पेसामा पर्ने कार्यक्रममा सहभागीहरूको भनाइ थियो।

प्रकाशित: ३१ असार २०८० १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =