सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित ‍विधेयक

हिमाल प्रेस २९ असार २०८० १७:५६
8
SHARES
सभामुखले प्रमाणित गरे दुवै सदनबाट पारित ‍विधेयक

काठमाडौँ- सभामुख देवराज घिमिरेले संघीय संसदको दुवै सदनबाट पारित भएका आर्थिक वर्ष २०८०/८१ को बजेटसम्बन्धी विधेयक शुक्रबार प्रमाणित गरेका छन्।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुख घिमिरेले प्रतिनिधि सभाले संशोधनबिना पारित गरेको र राष्ट्रिय सभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका हु्न्।

संसद्‍का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जाने प्रावधान छ।

 

प्रकाशित: २९ असार २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =