कार्टेलिङ खारेज, बैंकहरूले आफैं ब्याजदर तोक्ने

हिमाल प्रेस २८ असार २०८० १२:४१
24
SHARES
कार्टेलिङ खारेज, बैंकहरूले आफैं ब्याजदर तोक्ने

काठमाडौँ– नेपाल बैंकर्स संघले ब्याजदरमा गर्दै आएको कार्टेलिङलाई खारेज गरेको छ।

२० वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को बैठकले ब्याजदर नियन्त्रणका नाममा गर्दै आएको कार्टेलिङ खारेज गर्ने निर्णय गरेको हो।

संघको निर्णयसँगै अब सम्बन्धित बैंकहरूले आफैं निक्षेपको ब्याजदर तोक्ने छन्। त्यसका साथै आफ्नो अनुकूलतामा ब्याजदर घटाउन, बढाउन वा स्थिर राख्न सक्नेछन्। यो निर्णय साउन १ गतेदेखि लागू हुनेछ।

अहिले साधारण मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत छ। अब बैंकहरूले यो दरमा १ प्रतिशत बिन्दुले ब्याज घटबढ गराउन सक्छन्।

प्रकाशित: २८ असार २०८० १२:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =