भारतीय प्याजको प्रतिबन्ध अवधि लम्बियो, नेपालमा मूल्य बढ्यो

हिमाल प्रेस १२ चैत २०८० १७:३७
34
SHARES
भारतीय प्याजको प्रतिबन्ध अवधि लम्बियो, नेपालमा मूल्य बढ्यो प्रतीकात्मक तस्बिर।

काठमाडौँ– भारत सरकारले यही मार्च अन्तिमसम्मका लागि प्याज निर्यातमा रोक लगाएको थियो। भारतले यही साता प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि बढाएको छ।

भारतले नेपाल, बंगलादेश, मलेसिया, युएईलगायत देशमा निर्यात मार्चमा रोक लगाएको थियो। तर, उक्त म्याद नसकिँदै अनिश्चितकालका लागि प्रतिबन्ध लम्ब्याएको हो।

भारतले प्याजको प्रतिबन्ध लम्बाएपछि नेपालाम प्याजको मूल्य बढ्न थालेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। समितिका अनुसार आज चैत १२ गते सुकेको भारतीय प्याजको मूल्य प्रतिकेजी न्युनतम ७० रुपैयाँ र अधिकतम ७५ रुपैयाँमा व्यापार भएको छ। आजका लागि औसत मूल्य भने ७२ रुपैयाँ ८० पैसा तोकिएको समितिले जनाएको छ।

समितिका अनुसार शुक्रबार ६० रुपैयाँ परेकोमा प्याज सोमबार ७५ रुपैयाँमा व्यापार गर्नुपरेको छ। यसको असर अन्य तरकारी व्यापारमा पर्ने समितिले जनाएको छ। नेपालमा झन्डै ८५ प्रतिशत प्याज भारतबाट आयात हुने गरेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए। उनका अनुसार अहिले नेपाली प्याज पनि बजारमा आएका कारण विगतमा जस्तो भाउ नबढ्ने दाबी गरे।

निर्यात प्रतिबन्ध लागू भएदेखि भारतको स्थानीय बजारमा मूल्य आधाभन्दा बढी घटिसकेको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। यस सिजनको उत्पादन भित्र्याउने समय पनि भएका कारण भारतीय व्यापारीहरूले निर्यात प्रतिबन्ध हटाउनमा माग गर्दै आएका छन्। तर, सरकारले शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नआएसम्म प्रतिबन्ध कायमै रहने जनायो।

भारतीय सञ्चारमाध्यमका अनुसार चुनाव लक्षित आन्तरिक बजारमा प्याजको मूल्य सस्तो बनाउन अहिले निर्यातमा प्रतिबन्ध लगाइएको हो।

प्रकाशित: १२ चैत २०८० १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =