बैंकको ब्याजदर एकल अंकमा सीमित गर्न व्यवसायीको माग

हिमाल प्रेस १६ पुष २०७९ १९:००
12
SHARES
बैंकको ब्याजदर एकल अंकमा सीमित गर्न व्यवसायीको माग

काठमाडौँ– राष्ट्रिय उद्योग तथा व्यापार महासंघले नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जाने प्रवल खतरा बढेको भन्दै तत्काल महत्त्वपूर्ण कदम चाल्न सुझाव दिएको छ।

शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघले बैंक तथा वित्तीय संस्थाले वृद्धि गरेको ब्याजदरलाई न्यूनीकरण गरी एकल अंक कायम गरिनुपर्नेदेखि लिएर स-साना व्यवसायीलाई सहजताका साथ व्यापार गर्ने वातावरण निर्माण गरिनुपर्नेलगायत विभिन्न ११ बुँदे सुझाव सार्वजनिक गरेको हो।

महासंघले राष्ट्रलाई समुन्नत बनाउनका लागि स-साना व्यवसायीहरूको संरक्षण गर्दै राष्ट्रिय उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिएको छ।

महासंघको बैठकका धारणा सार्वजनिक गर्दै महासंघका संयोजक जितेन्द्र दाहालले अहिले देश रेमिट्यान्सको भरमा रहेकाले उत्पादन क्षेत्रमा युवाको आकार्षणका लागि सरकारले ध्यान दिने बेला आएको बताए।

अहिले सत्ताको वरिपरी रहेका सीमित व्यवसायीको भलाइका लागि नेपालको उत्पादन निषेध गरिएको उनले आरोप लगाए। यही अवस्था रहे नेपालको अर्थतन्त्र दलालहरूको हातमा जाने उनको भनाइ छ।

प्रकाशित: १६ पुष २०७९ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =