पाकिस्तानमा अविरल वर्षा : बाढीपहिरो र डुबानमा परी ६७ जनाको मृत्यु

हिमाल प्रेस २३ असार २०८० २०:५८
6
SHARES
पाकिस्तानमा अविरल वर्षा : बाढीपहिरो र डुबानमा परी ६७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु भएको छ। साथै १२५ जना घाइते भएका छन्।

देशको पूर्वीपञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु भएको छ। ८२ जना घाइते भएका छन्। प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर भत्किएका एनडीएमएले जनाएको छ।

लाहोरका कार्यबाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ वर्षा भएको बताएका छन्। वर्षाका कारण सहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका तथा घण्टौँसम्म सडक यातायात अवरुद्ध भएको उनले बताएका छन्।

पानी तथा सरसफाई निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार जुलाई ४ मा शहरका केही भागमा २९१ मिलिमिटरसम्म वर्षा भएको थियो। वर्षा र डुबानका कारण नगर क्षेत्रमा केही घर भत्किएका थिए।

लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि शहरमा यति ठूलो वर्षा नभएको बताए। देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी १८ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन्।

मुसलधारे वर्षाका कारण ४४ घरमा क्षति पुगेको छ भने १४ पशुचौपाया मरेका छन्। दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। पाकिस्तान प्रशासित काश्मिरमा एक जनाको मृत्यु भएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २३ असार २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =