काठमाडौँमा मनाइयो पाकिस्तानको ८४औँ राष्ट्रिय दिवस,राजदूत हास्मीले के भने?

हिमाल प्रेस १० चैत २०८० १९:५४
6
SHARES
काठमाडौँमा मनाइयो पाकिस्तानको ८४औँ राष्ट्रिय दिवस,राजदूत हास्मीले के भने?

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी राजदूतावासले आज पाकिस्तानको ८४औँ राष्ट्रिय दिवस मनाएको छ। सो अवसरमा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हास्मीले दूतावास परिसरमा पाकिस्तानको राष्ट्रिय झन्डा फहराएका थिए। सन् १९४० को मार्च २३ मा लाहोर संकल्प पारित भएको दिनको सम्झनामा पाकिस्तानले हरेक वर्ष यो दिवस मनाउने गर्दछ।

काठमाडौँमा रहेका पाकिस्तानी नागरिकको भेलालाई सम्बोधन गर्दै राजदूत हास्मीले पाकिस्तानलाई समृद्ध बनाउन पाकिस्तानी जनताको संघर्षको निरन्तरताको स्मरण गरे। उनले नेपाल-पाकिस्तान सम्बन्धका मुख्य पक्ष र यो सम्बन्धलाई थप मजबुत बनाउन गरिरहेको प्रयासका बारेमा पनि बताए।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाइएको थियो। सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मोहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र पुर्खाहरूको बलिदानलाई सम्झिएका थिए। पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा मुद्रास्फीति र आतंकवादलगायतका चुनौतीलाई पार गर्दै पाकिस्तानमा शान्ति, प्रगति र स्थायित्व कायम गर्ने संकल्प व्यक्त गरे।

विदेशमन्त्री मोहम्मद इशाक दारले प्रवासी पाकिस्तानीलाई बधाई दिँदै देशवासीहरूलाई आफ्नो छनोट क्षेत्र, पेसन र उद्यममा उत्कृष्टता जारी राख्न आग्रह गर्दै पाकिस्तान राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको सर्वोच्चताको पक्षमा उभिएर आफ्नो अलग पहिचान बनाएको बताए।

प्रकाशित: १० चैत २०८० १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =