पाकिस्तानमा बाेरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

हिमाल प्रेस २४ चैत २०८० १५:३३
8
SHARES
पाकिस्तानमा बाेरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु

पाकिस्तान- पाकिस्तानको सिन्ध प्रान्तको सघंर जिल्लामा बोरिङको दूषित पानी पिउँदा पाँच बालबालिकाको ज्यान गएको एआरवाई न्यूजले शुक्रबार जनाएको छ।

हाते पम्पबाट तानिएको दूषित पानी पिउँदा चारदेखि आठ वर्ष उमेर समूहका पाँचजना बालबालिकाको मृत्यु भएको हो।

एआरवाईका अनुसार विषाक्त पानी सेवनको घटनापछि तुरुन्तै उनीहरूलाई अस्पतालमा लगिएको अधिकारीले जनाएका छन्। पानी पिएपछि उनीहरूले ज्वरो बान्तालगायतका असहजताको सामना गरेको उपचारको क्रममा बताएका थिए भने उनीहरूको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

घटनापछि स्वास्थ्य अधिकारीसहितको एक टोली पानीको परीक्षण गर्न उक्त गाउँमा पठाइएको थियो। जिल्ला स्वास्थ्य अधिकारीले पानीमा हानिकारक पदार्थ रहेको प्रमाणित गरेपछि कृषिका लागि चलनमा रहेको हातेपम्पसमेत बन्द गरिएको छ। रासस/एएनआई

प्रकाशित: २४ चैत २०८० १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + ten =