नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट सुरु [तस्बिरहरू]

हिमाल प्रेस १९ फागुन २०८० १९:३४
38
SHARES
नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट सुरु [तस्बिरहरू]

काठमाडौँ- नेपाल-पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिताको नवौं संस्करण सुरु भएको छ। प्रतियोगिताको शनिबार नेपालका लागि पाकिस्तानी राजदूत अब्रार हसन हास्मी, नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे र हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उज्वलराज भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे।

नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष पाण्डे र हिमालयन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले सन् २०१४ देखि लगातार प्रतियोगिता आयोजना गरेकामा पाकिस्तानी दूतावासलाई धन्यवाद दिए।

नेपालका लागि पाकिस्तानका राजदूत हास्मीले क्रिकेट खेलकुद मात्र नभई मानिसलाई एकठाउँमा ल्याउने प्लेटफार्म भएको बताए। प्रतियोगिताले आगामी दिनमा नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने उनको भनाइ छ ।

१२ वटा टिम सहभागी प्रतियोगिता फागुन २७ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: १९ फागुन २०८० १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =