राजदूत हास्मीद्वारा भरतपुर आँखा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हिमाल प्रेस १८ फागुन २०८० १४:०७
16
SHARES
राजदूत हास्मीद्वारा भरतपुर आँखा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ- नेपालका लागि पाकिस्तानका राजदूत अब्रर एच हास्मीले शुक्रबार भरतपुर आँखा अस्पताललाई पाकिस्तान सरकारको तर्फबाट एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन्।

सो अवसरमा राजदूत हास्मीले आँखा अस्पतालमा विगतमा झै आगामी दिनमा पनि पाकिस्तान सरकारले सहकार्य गर्दै जाने बताए।

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए।

भवन निर्माण समितिका संयोजक एवं नेपाल नेत्रज्योति संघ चितवनका पूर्वसभापति चिजकुमार मास्केले १३ करोड ५० लाख रुपैयाँमा भवन निर्माण गरिएको बताए।

प्रकाशित: १८ फागुन २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 13 =