१ बजे बस्ने भनिएको लुम्बिनी प्रदेशसभा बैठक अझै बसेन, विपक्षीको मागबारे छलफल जारी

विनोद परियार १७ असार २०८० १४:५२
4
SHARES
१ बजे बस्ने भनिएको लुम्बिनी प्रदेशसभा बैठक अझै बसेन, विपक्षीको मागबारे छलफल जारी

लुम्बिनी-आइतबार दिउँसो १ बजे बस्ने भनिएको लुम्बिनी प्रदेशसभाको प्रदेशसभा बैठक विपक्षी एमालेले अवरोध गर्ने बताएपछि अझै सुरु भएको छैन।

बिहान ११ बजे बसेको कार्य व्यवस्था परापर्श समितिको बैठकमा नेकपा एमालेका सांसदहरूले बजेटका सन्दर्भमा राखेका माग पूरा नभएको भन्दै बैठक चल्न नदिने अडान लिएपछि बैठकबारे अन्यौलता भएको हो।

सभामुख तुलबहादुर घर्तीले बैठकलाई सहज रुपमा सञ्चालनका लागि विपक्षी एमाले र सत्तापक्षका सांसदहरूविच संवाद गरेर सहमतीमा सञ्चालन गर्नका लागि छलफल राखेकाले बैठक निर्धारित समयमा सुरु हुन नसकेको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

उनका अनुसार प्रदेशसभाको नियम अनुसार २ घन्टाभन्दा ढिलो भएमा सूचना टाँस गर्नुपर्ने छ।

विपक्षी एमालेले प्रदेश सरकारले मन्त्रालय मातहतमा रहेका निर्देशनालयहरू खारेज गरेर मन्त्रालयमा केन्द्रीकृत गर्ने निर्णय सच्चाउनुपर्ने, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौतीबारे स्पष्ट जानकारी दिनुपर्ने, मुख्यमन्त्री कार्यालयमा राखिएको २ अर्ब डल्लो बजेटको स्पष्टिकण दिनुपर्ने माग राखेका छन।

अर्थमन्त्री धनबहादुर मास्केले आर्थिक वर्ष ८०/८१का लागि असार १ गते ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए। बजेट ल्याएको दुई साता नाघिसक्दा पनि बजेटमाथि छलफल हुन सकेको छैन।

असार १३ गते बजेटमाथि छलफल गर्ने गरि प्रदेशसभाको बैठक आह्वान गरिएको भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि बैठक स्थगित भएको थियो। बजेट बक्तव्य दिन देखिनै असन्तुष्ट बनेको प्रमुख प्रतिपक्ष दल एमालेले बजेट विरोध गर्दै आएको छ।  यसअघि असार १० गते सदन आह्वान गरिएपनि सूचना टाँस गरेर असार १३ गते बुधबारका लागि सदन डाकिएको थियो।

प्रकाशित: १७ असार २०८० १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =