एजेन्ट लाइसेन्स माग गर्दै भन्सार विभागअघि धर्ना

हिमाल प्रेस १७ असार २०८० १३:४०
374
SHARES
एजेन्ट लाइसेन्स माग गर्दै भन्सार विभागअघि धर्ना

काठमाडौँ- भन्सार एजेन्ट प्रतिनिधिले लाइसेन्सको माग गर्दै भन्सार विभागअगाडि धर्ना दिएका छन्।

भन्सार एजेन्टको प्रतिनिधिको रूपमा काम गर्दै आएका उनीहरूलाई सरकारले प्रतिनिधिको रूपमा काम गर्न पाउने व्यवस्था खारेज गरेसँगै लाइसेन्सको माग गर्दै उनीहरू आन्दोलित भएका हुन्।

एजेन्ट प्रतिनिधिले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटेर २० वर्षदेखि भन्सार एजेन्ट प्रतिनिधिको रूपमा काम गर्दै आएका व्यक्तीको रोजगारी खोस्नेभन्दा पनि एक पटकका लागि अनुभवको आधारमा लाइसेन्स दिन ध्यानाकर्षण गराएका छन्।

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपाल संघर्ष समितिका संयोजक खड्ग कार्कीले असार १० गतेदेखि जारी धर्ना कार्यक्रमलाई सशक्त रूपमा लादै प्रतिनिधि व्यवस्थाको सम्बन्धमा भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ को विरुद्धमा शान्तिपूर्वक धर्ना तथा विरोधका कार्यक्रम गर्दै आएको बताए।

‘हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ। सरकारले हाम्रो रोजिरोटी खोस्न मिल्दैन। लामो समयदेखि काम गर्दै आएका प्रतिनिधिलाई लाइसेन्स दिएर काम गर्न दिनुपर्छ,’ उनले भने।

‘हाम्रो रोजगारीको सुनिश्चित गर’, ‘संविधानप्रदत्त अधिकार कायम गर’, ‘हान्यो वाण प्रतिनिधि जत्थामा, अन्धो सरकार बस्या छ सत्तामा’, विभेदकारी ऐन संशोधन गर’जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले धर्नासहित विरोध प्रदर्शन गरेका छन्।

हाल देशभर ३ सय जना भन्सार एजेन्ट प्रतिनिधिको रूपमा कार्यरत छन्। अर्थ मन्त्रालयले जेठ १५ मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत भन्सार ऐन २०६४ र भन्सार नियमावली २०६४ संशोधन गरी भन्सार एजेन्टले २ जना प्रतिनिधि राख्न पाउने व्यवस्था खारेज गरेको थियो।

भन्सार एजेन्टसम्बन्धी व्यवस्थाको परिच्छेद १० मा निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामका लागि निकासी वा पैठारी गर्न भन्सार एजेन्ट वा उसले तोकेको प्रतिनिधिलाई अधिकार दिइने भन्ने व्यवस्था संशोधन गरिएको छ।

भन्सार एजेन्टले प्रतिनिधि राख्‍न पाउने व्यवस्था खारेजीको विरोध

प्रकाशित: १७ असार २०८० १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =