के कारण घट्यो इन्धन खपत?

हिमाल प्रेस १६ मंसिर २०८० ७:५१
2
SHARE
के कारण घट्यो इन्धन खपत?

काठमाडौँ- चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपैयाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टितेल तेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।

गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपैयाँको इन्धन आयात भएको थियो। गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपैयाँको इन्धन कमी आएको छ । बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्यांकले देखाएको छ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक संकटका कारण विकास निर्माणको काम कम हुँदा इन्धनको खपतमा कमी आएको जानकारी दिए। औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ।

पछिल्लो समय आर्थिक संकटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन्।

खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपत कमी भएको निगमको भनाइ छ । विभागका अनुसार चार महिनामा २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपियाँ बराबरको दुई लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको छ ।

४० अर्ब ३१ करोड २४ लाख ४४ हजार रुपियाँ बराबरको तीन लाख ५९ हजार ६६ सय किलोलिटर डिजेल आयात भएको छ । तीन लाख ४४ हजार ७३४ रुपैयाँ बराबरको तीन हजार १७२ किलोलिटर मटितेल आयात भएको छ ।

यस्तै ६८ अर्ब ८४ करोड तीन लाख ४२ हजार रुपियाँको ६१ हजार ६६४ किलोलिटर हवाई इन्धन आयात भएको छ ।

यस्तै चार महिनामा १५ अर्ब ४५ करोड ८५ लाख ९३ हजार रुपियाँको एक लाख ६७ हजार ९९४ मेट्रिक टन ग्यास आयात भएको छ । विकास निर्माणको काम तीव्र गतिमा नहुँदा इन्धनको खपतमा गिरावट आएको तथ्यांकले देखाएको छ। गोरखापत्रबाट

प्रकाशित: १६ मंसिर २०८० ७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 10 =