बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

हिमाल प्रेस ४ वैशाख २०८१ ८:४२
10
SHARES
बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो।

इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ।

प्रकाशित: ४ वैशाख २०८१ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =