कोशीमा सहमतीय सरकार बनाउन एमालेको आग्रह

हिमाल प्रेस १५ असार २०८० १२:५१
4
SHARES
कोशीमा सहमतीय सरकार बनाउन एमालेको आग्रह कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा सहमतीय सरकार निर्माणका लागि आफू तयार रहेको बताएका छन्। उनले शुक्रबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै कांग्रेस र माओवादी नेताहरूलाई आफूलाई विश्वासको मत दिएर सहमतीय सरकार निर्माणका लागि आग्रह गरे।

कार्कीले भने, ‘एमालेलाई विश्वासको मत दिएर सर्वपक्षीय सरकार बनाऔँ।’ कार्कीले विगतका गल्तीकमजोरी भुलेर आफूलाई सहयोग गर्न आग्रह गरे। अन्य नेताहरूले गल्तीकमजोरी भुलेमा आफू पनि सबै गल्ती सच्याउन तयार रहेको बताए। उनले आफूलाई विश्वासको मतका लागि विभाजनका लागि आग्रह गरेका छन्।

प्रकाशित: १५ असार २०८० १२:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =