बंगलादेशमा डेंगु संक्रमण तीव्र, जुन महिनामा मात्रै ३४ जनाको मृत्यु

हिमाल प्रेस १३ असार २०८० २०:१०
4
SHARES
बंगलादेशमा डेंगु संक्रमण तीव्र, जुन महिनामा मात्रै ३४ जनाको मृत्यु सांकेतिक तस्बिर।

ढाका- बंगलादेशमा जुन महिनामा डेंगुका घटना उल्लेख्य बढेका छन्। यहाँकाे स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस)ले सार्वजनिक गरेको तथ्या‌ंकअनुसार एक महिनामा ५ हजार ७ सय ३२ जनामा डेंगुकाे संक्रमण देखिएको छ।

जुन महिनामा मात्रै ३४ जनाको मृत्यु सरकारी तथ्यांक छ। बंगलादेशमा यस वर्ष डेंगुका बिरामीको संख्या ७ हजार ७ सय ५४ पुगेको छ । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेसम्मको २४ घण्टामा ढाकामा १ सय ४ सहित कूल १ सय ४५ जना डेंगेका नयाँ बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

डेंगुका  कारण मंगलबार २ जनाको मृत्यु भएको छ। जुन महिनामा ३४, मेमा २, अप्रिलमा २, फेब्रुअरीमा २ र जनवरीमा ६ जनाको मृत्यु भएको महानिर्देशनालयले जानकारी दिएकाे छ।

बंगलादेशमा गत (मे) महिनामा १ हजार ३६ जनामा डेंगुकाे सङ्क्रमण देखिएको थियो। जुनमा यो संख्यामा उल्लेख्य वृद्धि हुँदै थप ५ हजार ७ सय ३२ जनामा डेंगेकाे  सङ्क्रमण देखिएको हाे।

पछिल्लाे तथ्यांकअनुसार देशभरका विभिन्न अस्पतालबाट ६ हजार २ सय ९७ जना डेंगुका बिरामी उपचार गेर घर फर्केका छन्। बंगलादेशकाे राजधानी ढाकामा लामखुट्टेको यसकाे फैलावट तीव्र गतिमा बढिरहेको छ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बंगलादेशमा जुनदेखि सेप्टेम्बरको मनसुन अवधि डेंगु फैलिने सम्भावना उच्च हुन्छ। बंगलादेश सरकारले एडिस जातका लामखुट्टेबाट सर्ने यो रोगको प्रकोप नियन्त्रणका लागि थप समन्वयात्मक प्रयासका लागि राज्यका निकायहरूलाई आग्रह गरिसकेको बताएकाे छ। रासस/सिन्ह्वा

प्रकाशित: १३ असार २०८० २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =