३५.३७ अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १३ असार २०८० १५:३८
2
SHARE
३५.३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- बुधबार सेयर बजार परिसूचक (नेप्से) ३५.३७ अंकले घटेको छ। यसअघि चार कारोबार दिनमा परिसूचक लगातार बढेको थियो। आज १८८ कम्पनीको सेयर मूल्य घटेको छ। ३७ कम्पनीको बढेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो।

बुधबार हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्लू लघुवित्त र सिटी होटल लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमका हिसाबले पनि आज हिमालयन लाइफ इन्स्योरेन्स अग्र स्थानमा रह्यो। यसको ८३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

शिवम् सिमेन्टको २८ करोड, सोल्टी होटल लिमिटेडको २३ करोड ५६ लाख र एसियन लाइफ इन्स्योरेन्सको १९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज २८० कम्पनीको १ करोड ३३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९७ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बुधबार जीवन बिमा उपसमूहको सूचक २.४६ प्रतिशतले बढेको छ। बाँकी सबै उपसमूहको सूचक घटेकाे छ।

प्रकाशित: १३ असार २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =