सातौँ दिनमा बढ्यो नेप्से

हिमाल प्रेस १८ पुष २०८० १५:२०
सातौँ दिनमा बढ्यो नेप्से

काठमाडौँ– बुधबार सेयर बजार परिसूचक (नेप्से) २८ अंकले बढेको छ। यसअघिका ६ कारोबार दिनमा लगातार घटेको बजार बढ्दै बुधबार परिसूचक २०५८ बिन्दुमा उक्लिएको हो।

आज २०९ कम्पनीको सेयर मूल्य बढेको छ। ३० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको स्थिर रह्यो।

बुधबार सोना मिनिरल्स एण्ड ओयल कम्पनीको २६ करोड ६३ लाख रुपैयाँ बराबर मूल्यको सेयर कारोबार भयो। शिवम् सिमेन्टको २३ करोड ३५ लाख, आइएमई लाइफ इन्स्योरेन्सको १५ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ। आज कुल ३०६ कम्पनीको १ करोड ५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँको कारोबार भयो।

बुधबार जलविद्युत् उपसमूहमा लगानीकर्ताको आकर्षण देखियो। यो उपसमूहको सूचक ३.०८ प्रतिशतले बढेको छ। त्यस्तै होटल तथा पर्यटन उपसमूहको सूचक २.७०, लगानी उपसमूहको सूचक २.१४, उत्पादन उपसमूहको २.०८ र निर्जिवन बिमा उपसमूहको सूचक २.०१ प्रतिशतले बढेको छ।

प्रकाशित: १८ पुष २०८० १५:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =