ओरालो लाग्यो नेप्से परिसूचक

हिमाल प्रेस १२ कार्तिक २०८० १७:१९
8
SHARES
ओरालो लाग्यो नेप्से परिसूचक

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.१८ अंकले ओरालो लागेर एक हजार आठ सय ७५.६५ मा सीमित भएको छ। यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१६ अंकले ओरालो लागेर तीन सय ६१.९४ मा सीमित भएको छ।

कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ। कुल २७ लाख १२ हजार एक सय २३ कित्ता सेयर ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ।

सो कम्पनीको चार करोड आठ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए। यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल दुई करोड ४७ लाख २७ हजार, सिटिजन लाइफ इन्स्योरेन्स दुई करोड ३० लाख चार हजार एक सय ८३, नबिल बैंक दुई करोड १७ लाख ३७ हजार छ सय ५२ र घोराही सिमेन्ट एक करोड ९९ लाख एक हजार चार सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो ८.९९, सिवाइसी नेपाल लघुवित्त ६.६०, घलैम्दी हाइड्रो ५.७१, बीपीडब्ल्यू लघुवित्त ५.६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले ३.६७ प्रतिशतले कमाएका छन्। यस्तै, सोनापुर मिनरल्स १०, नेसनल हाइड्रोपावर ७.९२, एनआईबीएल प्रगति फन्ड ५.५७, एनआईसी एसिया ग्रोथ फन्ड ५.५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ५.३३ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: १२ कार्तिक २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + three =