नेप्से परिसूचक ४२.१४ अंकले घट्यो

हिमाल प्रेस ३१ भदौ २०८० १७:५४
4
SHARES
नेप्से परिसूचक ४२.१४ अंकले घट्यो

काठमाडौँ- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ४२.१४ अंकले घटेको छ। नेप्से परिसूचक २.०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४.९१ अंकमा कायम भएको हो।

आइतबार दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता सेयर ७२ हजार चार सय ७७ पटक खरिदबिक्री हुँदा दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० रुपैयाँ बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपपूचक ३.३३ र वित्त समूह ३.३० प्रतिशतले घटेको छ। बैंकिङ १.४२, विकास बैंक २.५९, होटल तथा पर्यटन ३.२९, जलविद्युत् २.७९ र लगानी समूहको उपसूचक १.९१ प्रतिशतले घटेको छ।

जीवन बिमा समूहको उपसूचक २.९७, उत्पादन तथा प्रशोधन समूह १.६०, लघुवित्त १.८५, म्युचुअल फन्ड ०.३५, निर्जीवन बिमा २.५९ र अन्य समूह १.९९ प्रतिशतले घटेको छ।

शुभम् पावर लिमिटेडको सेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ९.२१ प्रतिशतले घटेको छ।

प्रकाशित: ३१ भदौ २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =