कोशी प्रदेशका सामाजिक विकास मन्त्रीविरुद्ध अदालतको अवहेलनाको मुद्दा

हिमाल प्रेस १२ असार २०८० १६:५८
16
SHARES
कोशी प्रदेशका सामाजिक विकास मन्त्रीविरुद्ध अदालतको अवहेलनाको मुद्दा

काठमाडौँ- कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ। उनले केही दिन अघि एक कार्यक्रममा उच्च अदालत विराटनगरका न्यायाधीशले पैसा खाएर आदेश दिएको बताएका थिए।

उनको यही अभिव्यक्तिलाई लिएर अधिवक्ता उद्धवचन्द्र घिमिरेले अवहेलनाको मुद्दा दायर गरेका हुन्। मन्त्री राजभण्डारीले उच्च अदालतले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवले पैसा दिएकै भरमा न्यायाधीशले आदेश गरेको आरोप लगाएका थिए।

राजभण्डारीले न्यायाधीशलाई फटाहा पनि भनेका थिए। मन्त्रीले राजभण्डारीले दिएको अभिव्यक्ति नेपालको संविधानको धारा १३६ न्याय प्रशासन २०७३ को दफा १७ बमोजिम अदालतको अवहेलनाको बनेको जाहेरीमा उल्लेख छ। न्यायाधीशको नाम किटान गरी संविधान र कानुनको उल्लङ्घन गर्दै मन्त्रीले दिएको अभिव्यक्ति न्यायालयमाथि द्वेष र घृणा फैलाउने उद्देश्यले प्रेरित भएको निवेदनमा उल्लेख छ।

निवेदनमा मन्त्रीलाई १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्न माग गरिएको छ। कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध जेठ ४ गते नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए। उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।

पुनः उच्च अदालत विराटनगरका न्यायाधीश द्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो।

प्रकाशित: १२ असार २०८० १६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =