नेप्से परिसूचक ११.६९ अंकले बढ्यो

हिमाल प्रेस ११ असार २०८० १५:५४
2
SHARE
नेप्से परिसूचक ११.६९ अंकले बढ्यो

काठमाडौँ- सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेको छ। आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमबार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको हो। सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ। त्यस्तै फ्लोटइन्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता सेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ।

आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो। आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ।

प्रकाशित: ११ असार २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =