नेपाल फर्मास्युटिकल एसोसिएसन कर्णालीको अध्यक्षमा केसी निर्विरोध

हिमाल प्रेस ९ असार २०८० १६:५३
130
SHARES
नेपाल फर्मास्युटिकल एसोसिएसन कर्णालीको अध्यक्षमा केसी निर्विरोध

सुर्खेत– नेपाल फर्मास्युटिकल एसोसिएसन कर्णाली प्रदेशको अध्यक्षमा प्रतीक केसी निर्विरोध चयन भएका छन्। एसोसिएसनको प्रथम कर्णाली प्रदेश कार्यसमिति गठन तथा डिप्लोमा फोरम निर्वाचनबाट अध्यक्षमा केसी निर्विरोध चयन भएका हुन्।

समितिको उपाध्यक्षमा शिखर बराल, सचिवमा प्रबिन तिमेल्सेना, कोषाध्यक्षमा तिर्सना मगर , सदस्यमा रविन थापा, हेमराज थापा र प्रतीक्षा रावल निर्विरोध चयन भएका छन्।

कार्यक्रममा सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख वृषबहादुर शाहीले फार्मेसी व्यवसायीहरूलाई हरेक खालका चुनौती पार गर्दै अघि बढ्न आग्रह गरे। स्वास्थ्य क्षेत्रको हकहितका लागि आफु सधैं तयार रहेको पनि उनले बताए।

नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेश अध्यक्ष प्रेम भण्डारीले स्वास्थ्यका लागि फार्मेसी र औषधिका साथै सबै किसिमका व्यवसायी एक जुट भएर अघि बढ्ने जनाए।

औषधि व्यवसायीका समस्या समाधान गर्दै स्वास्थ्य क्षेत्रलाई अघि बढाउनुपर्ने र सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको लक्ष्य,उद्देश्यलाई अघि बढाउने उनको भनाइ छ।

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. शक्ति सुवेदीले कर्णाली प्रदेशमा बन्ने प्रादेशिक कार्यलयका लागि सबै फार्मास्युटिकल व्यवसायीहरू एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखे।

कर्णाली प्रदेश निर्वाचन समिती संयोजक रवीन्द्र रोकायले कर्णालीमा फार्मेसिस्टको संख्या बढाउनुपर्नेमा जोड दिए। कर्णालीबासीलाई उचित स्वास्थ्य सुविधा दिन फार्मेसिस्टको महत्त्वपूर्ण भूमिका हुने उनले बताए।

नेपाल फर्मास्युटिकल एसोसियसनका निर्वाचन समिती सदस्य दानबहादुर रोकायले ०२८ सालदेखि एसोसियसनले स्वास्थ्यकर्मी र बिरामीबीच बलियो सम्बन्ध स्थापना गर्न काम गरिरहेको जानकारी दिए।

प्रकाशित: ९ असार २०८० १६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 10 =