करको दर हेरफेरमा मुख हेरियोस् भन्नेहरू रिसाएका होलान् : अर्थमन्त्री

हिमाल प्रेस ८ असार २०८० २०:१६
6
SHARES
करको दर हेरफेरमा मुख हेरियोस् भन्नेहरू रिसाएका होलान् : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले करको विषयमा कसैको मुख नहेरेको दाबी गरेका छन्।

शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई) को २०औँ साधारणसभामा बोल्दै उनले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कुनै नयाँ प्रावधान नगरेको बताएका हुन्।

उनले विगतमा जे व्यवस्था थियो त्यसमा केही परिवर्तन नगरिएको बताए। उनले करको विषयमा देशको हितलाई हेरेर दर हेरफेर गरिएको बताए।

‘करका दर हेरफेरमा जसले मुख हेरियोस् भन्ने थियो। उहाँहरू रिसाउनुभएको होला तर समग्र उद्योग र अर्थतन्त्रको हितमा केन्द्रित भएर कर प्रस्ताव गरेका छौँ,’ उनले भने, ‘महालेखा परीक्षकको सुझावअनुसार हामीले एफपीओ र मर्जर तथा एक्विजेसनमा करमा ऐन तथा नियमअनुसार सहजीकरण गरिएको हो। यो नयाँ कर थपेको हैन।’

महतले बैंकको एफपीओ, मर्जर एक्विजेसनमा कर लगाउनुपर्ने विषयको निराकरण आफूले नभएर अदालतले मात्रै टुंगो लगाउन सक्ने बताए। उनले महालेखाले भनेको विषय मन्त्रीले काट्न सक्ने अवस्था नभएकाले लागू गरेको दाबी गरे। उनले सरकारले बजेटमार्फत कर नभएर करको दायरालाई बढाएको दाबी गरे।

प्रकाशित: ८ असार २०८० २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =