गाउँको उत्पादनलाई सहर पुर्‍याउनुपर्छ : अर्थमन्त्री

हिमाल प्रेस २ फागुन २०८० २१:४१
10
SHARES
गाउँको उत्पादनलाई सहर पुर्‍याउनुपर्छ : अर्थमन्त्री फाइल तस्बिर

नुवाकोट- अर्थमन्त्री डा. प्रकाशशरण महतले गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्‍याउनुपर्ने बताएका छन्।

नुवाकोटको ककनी गाउँपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले पूर्वाधारको विकास र प्राविधिक एवं आधुनिक शिक्षामार्फत गाउँको विकासमा सरकार केन्द्रित भएको बताए।

‘विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन,’ उनले भने, ’अहिले विकासको रफ्तार सुरु भएकाले गाउँगाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिमा आधुनिकीकरण गरी उब्जनी बढाएर त्यसलाई सहरमा पुर्‍याउनु पर्छ।’

लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र हाल सुधारको लयमा फर्किएकाले रोजगार र उद्यमशीलता बढ्ने क्रममा रहेको मन्त्री डा महतको भनाइ थियो। सोहीअनुसार गाउँगाउँमा पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षामा सरकार केन्द्रित भएकाले उक्त अभियान सफल बनाउन उनले सरोकारवाला सबैलाई आग्रह गरे।

प्रकाशित: २ फागुन २०८० २१:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 14 =