‘ज्यान मार्ने मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिनु गलत’

हिमाल प्रेस ५ असार २०८० १२:१२
6
SHARES
‘ज्यान मार्ने मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिनु गलत’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन र पीडिक नेविसंघका विद्यार्थीहरूलाई दण्डित गर्न पनि सरकारसँग माग गरे।

त्रिभुवन विश्वविद्यालयका समाजशाष्त्रका उपप्राध्यापक चलाउनेलाई विश्वविद्यालय परिसरमै मरनासन्न हुने गरी कुटपीट गर्नेहरट्लाठई कडाभन्दा कडा कारबाही गर्नुको सट्टा मुद्दासमेत फिर्ता लिने काम गरेर सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरे।

‘२०७७ साल आसोज २० गते त्रिभुवन विश्वविद्यालय समाजशाष्त्रका प्रोफेसर आफ्नो एटीएममा भएको पैसा झिक्न जान्छन्। त्यो समयमा नेविसंघ निकट विद्यार्थीहरूले फलामको रडले मरणासन्न हुने गरी कुटछन्,’ उनले भने, ‘३ वर्षसम्म धेरै ठाउँ जान्छन ती प्राध्यापक न्याय माग्न। भौतारिएर हिँडछन्। अहिले अन्ततः जेष्ठ ३० गते सरकारको मन्त्रिपरिषद्ले उक्त मुद्दा फिर्ता लिने निर्णय गर्छ। हामी कुनै बेला नेपाललाई शान्ति क्षेत्र भन्दथ्यौं।’

न्याय दिनुपर्ने मान्छेलाई उल्दै सरकारले अन्याय गरेको परियारको भनाइ छ। ‘गुण्डागर्दीको शैलीमा दिनदहाडै कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो। न्याय चाहिन्छ। न्याय पनि मर्‍यो भने हाम्रो आशा रहँदैन,’ उनले भने, ‘विश्वविद्यालयजस्तो क्षेत्रमा त्यसरी गुण्डागर्दी शैलीमा मरनासन्न हुने गरी कुट्नेहरूलाई नछोडौं। गृहमन्त्रीलाई अनुरोध गर्न चाहन्छु कृपया, यो गल्तीलाई सच्याउनुस्। पीडितलाई न्याय दिनुस्।’

प्रकाशित: ५ असार २०८० १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =