युक्रेनसँग सीमा जोडिएको बेलारुसमा रुसले पठायो आणविक हतियार

हिमाल प्रेस २ असार २०८० १६:५१
6
SHARES
युक्रेनसँग सीमा जोडिएको बेलारुसमा रुसले  पठायो आणविक हतियार फाइल तस्बिर।

मस्को- रुस राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियार बेलारुस पठाएका विवरण बाहिर आएका छन्। मस्कोले आणविक हतियारको पहिलो खेप भ्लादिमिर पुटिनले बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ।

सेन्ट पिटर्सबर्ग इन्टरनेसनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन्। युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको रूपमा रुसले सो योजना अगाडि बढाएको समाचारमा उल्लेख छ। बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले ‘रुसबाट बम र मिसाइलहरू’को पहिलो खेप प्राप्त गरेको बताएका छन्।

लुकासेन्कोले रुसी र बेलारुसका सरकारी सञ्चारमाध्यमलाई क्षेप्यास्त्र र बमहरू प्राप्त गरेको बताएका छन्। ‘हामीसँग क्षेप्यास्त्र र बमहरू हामीले रुसबाट प्राप्त गरेका छौँ। बमहरू हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीन गुणा बढी शक्तिशाली छन्,’ फक्स न्यूजले उल्लेख गरेको छ।

बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले रुसले बेलारुसलाई आणविक हतियारहरू वितरण गरेको बताएका छन्। हतियारको आगमन युक्रेनी सेनाले रुसविरुद्ध ठूलो मात्रामा काउन्टर–अपरेसन सुरु गरेको एक हप्ता पछि आएको हो।

यसैबीच फिनल्याण्ड यस वर्षको अप्रिल ४ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एट्लान्टिक सन्धिमा प्रवेश गर्ने आफ्नो उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ। रासस/एएनआई

प्रकाशित: २ असार २०८० १६:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =