युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोगका लागि सम्झौतामा हस्ताक्षर

हिमाल प्रेस १२ फागुन २०८० १५:०७
18
SHARES
युक्रेन र डेनमार्कद्वारा सुरक्षा सहयोगका लागि सम्झौतामा हस्ताक्षर

कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले शुक्रबार दुई देशबीच सुरक्षा सहयोगसम्बन्धी दशबर्से  सम्झौतामा हस्ताक्षर गरेका छन्।

युक्रेनको पश्चिमी सहर लिभिभमा हस्ताक्षर गरिएको सम्झौताअन्तर्गत डेनमार्कले युक्रेनलाई सन् २०२३-०२८ सम्म ८.५ अर्ब यूरो (झन्डै ९.२ अर्ब अमेरिकी डलर) को सैन्य र नागरिक सहायता प्रदान गर्नेछ। सम्झौता अनुसार सन् २०२४ मा १.८ अर्ब यूरो (झन्डै १.९५ अर्ब डलर) को सैन्य सहयोग प्रदान हुनेछ।

डेनमार्कले खासगरी युक्रेनको सैन्य क्षमता, समुद्री सुरक्षा, डिमाइनिङ र ड्रोन प्रविधि र रक्षा औद्योगिक आधार विकासलगायतको हवाई रक्षा निर्माण सुदृढीकरण गर्ने प्रयासलाई सहयोग गर्नेछ। रासस/सिन्ह्वा

प्रकाशित: १२ फागुन २०८० १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =