रुस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग

हिमाल प्रेस १० फागुन २०८० १५:१५
10
SHARES
रुस-युक्रेन युद्धमा परेका नेपालीबारे सदनमा जानकारी माग

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा रुस-युक्रेन युद्धमा मारिएका नेपालीको अवस्थाबारे जानकारी गराउन माग गरिएको छ।

सभाको विशेष समयमा नेकपा एमालेका सांसद सूर्य थापाले परिवारका सदस्यहरू न श्वास, न आशको अवस्थामा रहेकाले ती नेपालीहरूको अवस्था खोजी गरी नेपाल फिर्ता गर्न सरकारसँग माग गरे।

‘नेपालीहरू रुस र युक्रेनका सेनामा भर्ना भएर आपससमा लडिरहेका छन्। यतिका समय बितिसक्दा पनि किन परराष्ट्रमन्त्रालय बोल्दैन? औपचारिकरूपमा केही जानकारी पाउन सकेको छैन?’, उनले भने।

प्रकाशित: १० फागुन २०८० १५:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =