इलाम चुलाचुलीका २३ परिवारलाई पुर्जा वितरण

हिमाल प्रेस २७ जेठ २०८० १३:५८
6
SHARES
इलाम चुलाचुलीका २३ परिवारलाई पुर्जा वितरण

इलाम– चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो।

लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो। जग्गाको धनीपुर्जा पाएपछि उनीहरू खुसी भएका छन्। जग्गाविहीनहरूले अबमात्र आफूहरू बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी व्यक्त गरेका छन्।

सो गाउँपालिकासहित अन्य पालिकामा अझै पनि भूमिहीन रहेका भूमि आयोगका अध्यक्ष भक्त केसीको भनाइ छ। उनले योसँगै जिल्लामा रहेका सुकुम्वासीलाई पुर्जा वितरण प्रक्रियाको थालनी भएको बताए।

अन्य भूमिहीनले समेत तत्काल आफूहरूलाई समेत जग्गाको धनीपुर्जा दिन आग्रह गरेका छन्। गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले भूमिहीनको समस्या समाधानका संघीय र प्रदेश सरकार लाग्नुपर्नेमा जोड दिए। उनले स्थानीय तहले गर्नुपर्ने कामका लागि आफूहरू तयार रहेको पनि बताए।

प्रकाशित: २७ जेठ २०८० १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =