‘सफा हिमाल अभियान-२०२३’ सम्पन्न

हिमाल प्रेस २२ जेठ २०८० २०:२९
2
SHARE
‘सफा हिमाल अभियान-२०२३’ सम्पन्न

काठमाडौँ- नेपाली सेनाको अगुवाइमा सुरु गरिएको ‘सफा हिमाल अभियान–२०२३’ सम्पन्न भएको छ। ग्त चैत १४ गतेदेखि सुरु गरिएको अभियान सोमबार समापन गरिएको हो।

अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ गरिएको नेपाली सेनाले जानकारी दिएको छ। सफाइका क्रममा ३५ हजार ७०८ केजी फोहोर संकलन गरिएको सेनाको भनाइ छ। सेनाका अनुसार उक्त फोहोर संकलन लक्ष्यभन्दा बढी हो। कुल ३५ हजार केजी फोहोर संकलनको लक्ष्य नेपाली सेनाले लिएको थियो।

सोमबार समापन कार्यक्रम सेनाको मुख्यालय जंगीअड्डामा गरिएको हो। सो क्रममा सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले सफा हिमाल अभियान २०२३ मा सहयोग गर्नेहरूलाई धन्यवाद दिए।

प्रकाशित: २२ जेठ २०८० २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =