‘सफा हिमाल अभियान’मार्फत २९ हजार केजी फोहोर संकलन

हिमाल प्रेस २६ वैशाख २०८० २१:०६
8
SHARES
‘सफा हिमाल अभियान’मार्फत २९ हजार केजी फोहोर संकलन

काठमाडौँ- नेपाली सेनाको नेतृत्वमा सुरु गरिएको ‘सफा हिमाल अभियान’मार्फत २९ हजार केजी फोहोर संकलन गरिएको छ। अभियानमा परिचालित तीनवटै टोलीले आइतबारसम्म २९ हजार ४ सय २ केजी फोहोर संकलन गरेका नेपाली सेनाले जानकारी दिएकाे हो।

अभियानअन्तर्गत सेनाका टोली सगरमाथा, ल्होत्से, बरुन्चे र अन्नपूर्ण हिमालमा खटिएका छन्। नेपाली सेनाका अनुसार सगरमाथा र ल्होत्से हिमालबाट ७ हजार ६ सय ३२ केजी फोहोर संकलन गरिएको छ।

त्यस्तै बरुन्चेबाट १८ हजार ५ सय २० केजी र अन्नपूर्ण हिमालबाट ३ हजार २ सय ५० केजी फोहोर संकलन गरिएको सेनाले जानकारी दिएको छ। अभियानबाट करिब ३५ टन अर्थात ३५ हजार केजी फोहोर संलकन गर्ने लक्ष्य लिइएको सेनाले जानकारी दिएको छ। अभियान विश्व वातावण दिवससम्म चल्ने सेनाको भनाइ छ।

प्रकाशित: २६ वैशाख २०८० २१:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =