बाबुरामको प्रतिक्रिया : सुझाव दिँदा पनि नीति तथा कार्यक्रम गतिलो आएन

हिमाल प्रेस ५ जेठ २०८० २०:०१
32
SHARES
बाबुरामको प्रतिक्रिया : सुझाव दिँदा पनि नीति तथा कार्यक्रम गतिलो आएन फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रम परिवर्तनका लागि ल्याउनुपर्ने भए पनि त्यस्तो आउन नसकेको प्रतिक्रिया दिएका छन्। भट्टराईले नीति तथा कार्यक्रमका लागि सुझाव दिँदा पनि सन्तोषजनक नआएको बताएका हुन्।

उनले गठबन्धन सरकारले केही संरचनात्मक परिवर्तन हुने खालको नीति तथा कार्यक्रम ल्याउनु पर्ने भए पनि त्यस्तो आउन नसकेको टिप्पणी गरेका छन्।

‘गठबन्धन सरकारले आलोपालो नै सही ५ वर्ष चलाउने दृढताकासाथ पहिला केही वर्ष आमूल संरचनात्मक परिवर्तनका नीति-कार्यक्रम ल्याउनु पर्थ्यो,’ उनले भनेका छन्, ‘सुझाव पनि दिएकै हो।तर निरन्तरतामा १९ को २० गर्ने गरी आयो। ठीकै छ जबसम्म दुई दशकसम्म दुई अंकको वृद्धिदर र वर्षेनी ५-७ लाख रोजगारी हुन्न तबसम्म केही हुन्न है!’

प्रकाशित: ५ जेठ २०८० २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =