कांग्रेस कार्यक्रममा बाबुरामले भने : नेपालमा अब राजतन्त्र राँकेभूत हो

हिमाल प्रेस १६ पुष २०८० १५:४४
290
SHARES
कांग्रेस कार्यक्रममा बाबुरामले भने : नेपालमा अब राजतन्त्र राँकेभूत हो

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र ‘राँकेभूत’ मात्र भएको टिप्पणी गरेका छन्। आज सोमबार नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आएको विमर्श दिवसको अवसरमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले राजतन्त्रको राँकेभूतसँग डराउनु नपर्ने बताएका हुन्।

‘राजतन्त्रको मुद्दा फस्फोरसबाट ह्वार्र आगो देखाएर राँकेभूत भनेजस्तो मात्र हो। राजतन्त्र अब फर्किंदैन । तर, जनतामा देखिएको असन्तुष्टि मुख्य चिन्ताको विषय हो,’ उनले भने, ‘सरकार ६ महिना, वर्ष दिनमा परिवर्तन हुने कुरा सम्बोधन गर्न आवश्यक छ । जनताको अवस्थामा सुधार हुन नसक्ने कुरातर्फ सबै दलले चिन्ताको विषय बनाउन आवश्यक छ ।’

भट्टराईले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई लिएर राष्ट्रवादी बन्ने राजनीति बन्द गर्न पनि आग्रह गरे। उनले भने, ‘भारत हाम्रो छिमेकी मित्र हो । उससँगको सम्बन्धमा कडा टिप्पणी गरेर राष्ट्रवादी बन्ने राजनीति बन्द गर्नुपर्छ। बीपीलाई हामीले राष्ट्रघाती दलाल भनेका होइनौँ? आखिरमा सबैभन्दा राष्ट्रवादी त उहाँ नै हुनुहुँदो रहेछ। आज गुणगान गाएर हुन्छ र?’

बीपी कोइरालालाई जस्तै विगतमा पुष्पलाललाई पनि दलाल भनिएको भन्दै उनले त्यसले भन्नेहरूलाई नै पश्चात्ताप भएको बताए। भट्टराईले राष्ट्रहितमा सबै दल एक ठाउँमा उभिन ढिला गर्न नहुने पनि बताए।

उनले शासकीय स्वरुपमा परिवर्तनका लागि तीन प्रस्ताव पनि पेस गरेका छन्। भट्टराईले अहिलेको संविधान सशोधन गरेर फल दिन सक्ने बनाउनु पर्ने तर्क पनि गरे। उनले अहिले संविधानले फल दिन नसकेको बताए। संविधान सच्याउन राष्ट्रिय सहमति गरेर जानुपर्नेमा उनले जोड दिए ।

‘म त ०७२ सालदेखि सत्तामा छैन, साथीहरू त पटक–पटक हुनुहुन्छ। १९ बाट २० भएको छैन,’ उनले भने।

शासकीय स्वरुपबारे उनले प्रस्ताव गरेका तीन प्रस्ताव

प्रस्ताव १– जर्मनीको मोडलजस्तो प्रमुख दलको संयुक्त सरकार बनाउनमा जोड दिने

प्रस्ताव २– स्वीट्जरल्यान्डको जस्तो पूर्ण समानुपातिकमा गएर जसले जति मत ल्याउँछ, सबै सरकारमा बस्ने

प्रस्ताव ३– दुवै नसके प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने

युवाको आक्रोशलाई गम्भीरतापूर्वक लिनुपर्छ : भट्टराई

प्रकाशित: १६ पुष २०८० १५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =