एनसेलको विषयमा बाबुराम र रविबीच सवालजवाफ

हिमाल प्रेस २० मंसिर २०८० १३:१९
44
SHARES
एनसेलको विषयमा बाबुराम र रविबीच सवालजवाफ

काठमाडौँ– दूरसञ्चार कम्पनी एनसेल खरिदबिक्री प्रकरणमा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच माइक्रो ब्लगिङ एक्समा सवालजवाफ भएको छ।

सभापति लामिछानेले एक्समा एनसेल मलेसियाली कम्पनीले किन्दा नियमानुसारको कर तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो? भनेपछि बाबुरामले एक्समै त्यसको जवाफ दिएका हुन्।

रविलाई जवाफ दिँदै बाबुरामले सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका छन्। ‘नेपालको टेलिकम क्षेत्रको लगानीमा निकै चलखेल हुने गरेको कुरा हामी शान्तिप्रक्रिया आएदेखि नै गाइँगुइँ सुनिने गरेको हो। तर तथ्य कहिल्यै थाहा भएन। यसबारे तथ्य बुझेकाहरूले सत्य बाहिर ल्याएर कानुनी प्रक्रियामा सहयोग पुर्‍याए देश र जनतालाई निकै फाइदा र राम्रो हुने थियो,’ बाबुरामले भनेका छन्।

मलेसियन कम्पनी आजियाटाले नेपालको एनसेलमा रहेको सम्पूर्ण सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा बिक्री गरेर बाहिरिएको थियो।

प्रकाशित: २० मंसिर २०८० १३:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 11 =