सगरमाथा आरोहणका क्रममा दुईको मृत्यु

हिमाल प्रेस ४ जेठ २०८० ९:१६
24
SHARES
सगरमाथा आरोहणका क्रममा दुईको मृत्यु

काठमाडौँ-  सगरमाथा आरोहणका क्रममा बुधबार दुई जनाको निधन भएको छ।

पर्यटन विभागअन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाका अनुसार मृत्यु हुनेमा एकजना नेपाली र अर्का मोल्डोभाका नागरिक छन्।

सगरमाथा क्षेत्रमा प्रतिकूल मौसम भएका कारण कतिपय विवरण संकलनमा पाउन कठिनाइ भइरहेको उनले बताए।
यो ऋतुमा सगरमाथा आरोहणका लागि ४७८ जनाले अनुमति लिएका छन्। तीमध्ये ३७६ जना पुरुष र १०२ जना महिला छन्।

चिनियाँ ९७ जना, अमेरिकी ८९ जना, भारतीय ४० जना, क्यानडेली २१ जना र रुसी २० जनाले आरोहण अनुमति लिएको शाखाको तथ्यांक छ।

सगरमाथा आरोहण अनुमतिका लागि ६६ करोड ६४ लाख रुपैयाँ संकलन भएको निर्देशक खतिवडाले बताएका छन्। सगरमाथा आरोहणका लागि वसन्त ऋतुमा विदेशीले ११ हजार अमेरिकी डलर, शरद ऋतुमा ५,५०० र शिशिर तथा वर्षा ऋतुमा २,७५० डलर तिर्नुपर्ने व्यवस्था छ।

यसपटक सगरमाथाको २७औँ पटक सफल आरोहण गर्दै नेपाली पर्वतारोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान भंग गरेका छन्। कामीरिता शेर्पा बुधबार बिहान सगरमाथाको चुचुरोमा पुगेका हुन्।

यसअघि २६औँ पटक सगरमाथाको आरोहण गरेको कीर्तिमान उनकै नाममा थियो।

प्रकाशित: ४ जेठ २०८० ९:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =